रोऊँ कि हाँसू, यो तिम्रो व्यवहार गराउँदै छ
आज जसले परायालाई हकदार गराउँदै छ।
किनारामै बसेको छु माझी बनी समुन्द्रकाे
भँवरी बनेर सङ्कटमा मझधार गराउँदै छ।
मुसाफिर बनेर जीवन जिउने सूत्र खोजेको
तर कालको परछाइँले इन्तिजार गराउँदै छ।
खोला हिँड्ने बाटो पनि रहिछ लिलामीमा
किन बेकार यो देशलाई सरकार गराउँदै छ।
हिमाल उस्तै रोएको देख्छु, पहाड, मधेस नी
दुष्टको कुदृष्टिले नै देशमा दरार गराउँदै छ।
देख्दा देशभक्त झैँ देखिनेहरू दलाल बन्दा
विदेशीले आफ्नै स्वार्थअनुसार गराउँदै छ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
३० जेष्ठ २०८३, शनिबार 








