‘सर ! यो मेरो राजीनामा ।’ रिनाले एउटा पत्र हाकिमको टेबुलमा राख्दै भनिन् ।

‘हजारौं युवाहरू देशभित्र नोकरी नपाएर खाडी मुलुक पुगेका छन् । जागिर भन्ने कुरा सितिमिति पाइँदैन भन्ने थाहा छैन तिमीलाई ? किन तिमिले राजीनामा दिन खोजेको ?’ हाकिम शेषकान्तले रिनालाई सम्झाउँदै भने ।

‘सर ! मलाई थाहा छ । मैले यो जागिर पाउन धेरै मेहेनत गर्नुपरेको थियो । मेरी आमाले आर्काको खेत बारीमा निमेक गर्नुभयो । मेरा बाबा जिवनभरी मेहनत गर्नुभयो । त्यत्तिले मात्र कहाँ पुग्यो मलाई पढाउँदा र डिग्री दिलाउँदा भएको पाटो बिक्यो ।’ रिनाले भावुक हुँदै भनिन् ।

‘अनि त्यस्तो दुःख गरेर पाएको जागिर किन छाड्न खोजेको ?’ शेषकान्त आश्चर्य हुँदै सोधे ।

‘सर ! गाउँ–समाजमा शान्ति–सुरक्षा कायम गर्न लागि मैले राजीनामा नदिएर सुख्खै पाइनँ ।

दलित परिचित भएदेखि मैले छोएको औषधी समेत बिटुलो हुन गयो ।’

रिनाले आफ्नो समस्या गहभरि आँसु झार्दै सुनाइन् ।