“बाबा म यो सिटमा बस्दिनँ, मलाई खिड्कीको पासमा बस्न मन पर्छ ।” आठ वर्षीय छोरी नितीले जिद्दी गर्दै भनी ।

“छोरी यो त हाम्रो नाममा बुक भइसकेको छ। अब त हामी यिनै सिटमा बस्नुपर्छ ।”  बबरले छोरीलाई सम्झाउने प्रयास गर्याे ।

“नाइँ म बस्दिनँ ! म बस्दिनँ”  नितीले धेरै जिद्दी गरेपछि बबर हैरान भयो र  टिटीसँग सल्लाह गर्याे।

“सर यदि कुनै सँग आपसमा अद्ली बद्ली गर्न सक्नुहुन्छ भने गर्नुस् हामीलाई कुनै एतराज हुने छैन।

तर अरू त अहिले कुनै उपाय छैन !” टिटीले सुझायो’

उनीहरू बाबा-छोरी  कटक जानु थियो । छोरीको हातमा एउटा असामान्य फोडा थियो त्यो जँचाउनको लागि डाक्टरसँग अप्वाइन्टमेंट लिएका थिए।

छोरीको जिद्दीबाट हारेर उनी यात्रीहरूमा सोध्दै जाँदा अलि परको कोचमा बसेका दुई जनाले सिट बदल्न तयार भए । अलि परका डिब्बामा बसे। एकछिन पछि रेल भीषण दुर्घटनाग्रस्त भयो बालसरायमा।

जुन डिब्बा उनीहरूले छाडेका थिए त्यो नराम्रै गरी क्षतिग्रस्त भएको थियो।

यो घटनामा एक हजार भन्दा बढी घायल र २७५ जनाको मृत्यु भएको थियो। तर उनी बाबा-छोरी सकुशल थिए।

कहिले कसो बाल हठले पनि ज्यान जोगाउँदो रहिछ- ‘बबरले मनमनै छोरीलाई धन्यवाद दियो।’

 दाङ घोराही १८