जहाँ कम्जोर हुन्छ त्यहाँ नै प्रहार हुन्छ
समाजमा बारबार अनौठो सत्कार हुन्छ

अपहेलित यहाँ इमान धर्म उपहास भयो
सरकारद्वारा नै बेइमानको उद्दार हुन्छ

गरिब बनिरहने कसैलाई रहर हुन्छ कहीँ
गरिब बनाउने सधैँ धनीसँग आधार हुन्छ

भन्ने गर्छन् मरेपछि स्वर्गमा पुगिन्छ हामी
झुटकुरा यही समाजमा धेरै साभार हुन्छ

मानिस आफैँले बनाउँछन् नियम देशमा
तिनै नियम कानुनको यहाँ व्यापार हुन्छ

गरिबको छोरालाई रोज्छन् जनताहरूले
सत्तामा पुगेपछि त्यो हिट्लर र जार हुन्छ।