सुरक्षा श्रेष्ठ

 

प्रेम यस्तो होस्
कुनै उतार चढाव विहीन
लप्पन छप्पन विहीन
सधैं सुन्दर, सधैं प्रेमिल
स्थिर अनि शान्त

शरीरको मोटाई
र पत्लाईसँगै
कपालको रङ अनि
अनुहारको चाउरीसँगै
बैंक ब्यालेन्सको ग्राफसँगै
नबदलियोस् कहिल्यै
नफेरिओस् कहिल्यै

चुलिरहोस् यो हिमाल सरि
सयौँ थुम्का थुम्कीहरू जितेर
अनि
फैलिरहोस् समुद्र सरि
अनेकौँ ज्वारभाटाहरू पिएर
कुनै उतारचढाब विहीन
लप्पन छप्पन विहीन
सधैं सुन्दर, सधैं प्रेमिल
स्थिर अनि शान्त ।