मेरी जून मलाई धेरै माया गर्छे
तर ऊ म भन्दा टाढा छे
जून मेरो लागि प्यारी छे
म एक्लो हुँदा मलाई सहारा दिन्छे
अनि मेरो अन्धकार रातहरू उज्यालो पार्छे
हरेक रात जून मलाई भेट्न आउँछे
किनकि ऊ मलाई प्रेम गर्छे
मेरी जून स्थिर छे
म उस्को माया कहिल्यै बुझ्न सक्दिनँ
न त उसले कहिल्यै बुझाउने प्रयास गर्छे
मेरी जून कहिल्यै बोल्दिन
ऊ टाढा बसेरै मलाई धेरै माया गर्छे
मेरा दुईवटा दुस्मन छन्
औँशी र बादल
जस्ले मेरी जूनलाई मबाट टाढा लान खोज्छन्
तर हाम्रो प्रेम कसैले छेक्नै सक्दैनन्
किनकि जूनदेखि टाढा अरू ठाउँ नै छैन
अनि जून नभाको ठाउँमा म जाने हैन
त्यसैले त म हरेक औँशीको रातमा उसलाई कुरेर बस्छु



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
