टोहरूसँग हिँड्दा हिँड्दै
अनायास प्रेम हुँदोरहेछ बाटोसँग पनि
फूलहरू कति सुन्दर छन्, भन्दाभन्दै,
ती पनि प्रेमका माली हुँदारहेछन्
आहा !
त्यो चाँदनी रातको उज्यालो
अनि उनीसँगको मसिनो संवाद
लाग्छ, यहाँका हरेक प्राणी प्रेमकै लयबद्धतामा बाँचिरहेछन्
र सुनिरहेछन् जाग्राम बसेर
हाम्रा प्रेमिल समयका एउटा पूर्ण कथा
जो कतै हराइसकेको थियो
पुन:आज पुनरावृत्ति हुँदैछ
तपाईंहरू खुब होशमा सुन्नुहोस् त
यहाँ प्रेमको महासागर भित्री सुनसान आवाज
तपाईंकै छेवैबाट बिस्तारै बहँदैछ।
प्रल्हाद पुडासैनी
जिलिङ, नुवाकोट
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला