
झ्याप्प बस राेकियाे। यही माैकामा ऊ छिर्याे बसभित्र । बसमा छिरेपछि र्याइँ र्याइँ सारङ्गी बजाउँदै गीत गाउन थाल्यो। स्वर राम्रो नभए पनि घाँटीका नशा फुल्लिने गरी गीत गाइरह्यो।
बसमा सवार केही युवाहरूले पनि या..या.. गर्दै उसको गीतसँग ताल मिलाउन थाले। बस निरन्तर गुडिरहेको थियोे। केहीबेर पछि उसको गायन राेकियाे।
“जय हाेस् ! यहाँकाे यात्रा शुभ हाेस् ! पशुपतिनाथले हजुर र हजुरको परिवारको रक्षा गरून्।” भन्दै ऊ प्रत्येक सिटछेउ पुग्याे।
यात्रुहरुले उसको मनसाय बुझी खल्तीबाट पैसा निकालेर दिन थाले। अलि पछिल्तिर सिटमा खाइलाग्दा भद्र दम्पती बसेका थिए । अरुलाई झैँ आशिष फलाक्दै ऊ ती दम्पतीनिर पुग्यो।
“यत्रो बसमा कति आमा, दिदीबहिनीहरु बसेका छन्। यहाँ यस्ता छाडा गीत गाउने ? अझ पैसा माग्न लाज लाग्दैन ? चड्कन दिनु पर्ने मान्छेलाई अझ पैसा?” भन्दै ती भद्र पुरुषले झ्याँकाे झारे।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

तुरुन्त Scan गर्नुहोला

र यो पनि पढ्नुहोस्...

साताका पुस्तक : भवानी पाण्डेकाे ‘अक्षुण्ण’देखि विवेक ओझाको ‘ऐँठन’सम्म

फिल्मले नै आत्महत्या गर्नबाट बचाएको ‘नाटु नाटु’का कोरियोग्राफर
