मित्र ‘उराठी’ गौतम

“नाइँ म त जान्न।पैसा नै छैन्।” मिङमाले भनि।

“ह्या !पैसाको चिन्ता नगर न,म मिलाइहाल्छु नि।” मिनाले आश्वस्त पार्न खाेजी।
मिना र मिङमा सिमभञ्ज्याङमा बस कुरेर बसे।
“ए !भान्जीहरु जाने हाे ?” बाइराेड हुँदै हेटाैँडा जाँदै गरेकाे बसको सहचालकले जिस्काउने शैलीमा साेध्याे।
“छ्या ! याे साेल्टि त हाम्लाई भान्जी पाे भन्छ।” भन्दै उनीहरु बस चढे।
“भान्जी भने नि, साेल्टीना भने नि के फरक पर्याे त ? रमाइलो गर्दै बाटो काट्ने मेसाे त हाे।” सहचालकले मन छाम्न खाेज्याे।
बसमा पछाडि सिट खाली नै भए पनि उनीहरू क्याबिनमा छिरे।
“ए ! भान्जीहरु यतै पाे बस्ने ?” चालक पनि हाैसिए।
अलि राम्रो राम्रो गीत बजाउनु नि, के यस्तो गीत बजाकाे ?” मिङमाले बजिरहेको गीत बदल्न भनी चालकलाई।
चालकले गीत परिवर्तन गरे।
“डाइबर दाइ मन पर्याे मलाई …” गीत बज्न थाल्यो।
गीत सुन्दै चालक र उनीहरू मस्तिमा झुम्न थाले।बिच बिचमा सहचालक पनि क्याविनमा छिर्दै छाडा गफमा सहभागी हुँदै सन्तुष्टि लिन्थ्याे।
ड्राइभर र ठिटीहरुकाे हाउभाउ नियालिरहेका यात्रीहरु खिन्न थिए।
“कतै ड्राइभरले गाडी दुर्घटना त पार्ने हैन् ?” यात्रीहरु एकापसमा आशङ्का व्यक्त गर्थे।
जसाेतसाे गाडी हेटौंडा नजिक पुग्नै आँट्याे।
“ए ! भान्जी भाडा पाऊँ है,अब झर्ने बेला भै सक्यो त।” सहचालकले ठिटीहरुलाई सम्झायाे।
के काे भाडा ? हामीसँग त छैन, पैसा सैसा,हैन त गुरुजी ? मिनाले चालकतर्फ हेर्दै लाडे पारा देखाई।
“ए!त्यस्तो पाे ? टिकट न पैसा त्यसै भान्जी हेटौंडा ?” सहचालकले आश्चर्य मिश्रित प्रश्न तेर्सायाे।