बिरामी भएर उ हस्पिटल भर्ना भयो । जाँचपछि डाक्टरले ऊ क्यान्सर पीडित भएको पत्ता लगायो । उसको अप्रेसन गर्नुपर्ने भयो ।
अप्रेसन प्रमुख डाक्टरले बिरामीसँग सोध्यो, ‘के तिमी रक्सी पिउँछौ ?’
बिरामीले भन्यो, ‘कहिल्यै पिएको छैन ।’
फेरि डाक्टरले सोध्यो, ‘चुरोट पिउने गरेका छौ ?’
‘हो ।’ उसले स्वीकार्यो ।
उसको स्वीकारोक्ति सुनेर डाक्टरले बेस्सरी हकार्यो र आइन्दा चुरोट नपिउन चेतावानी दियो ।
‘हस् हजुर ! गल्ती भयो । अब यस्तो गर्दिनँ’, बिरामीले आफूले ठूलो भूल गरेको महसुस गर्यो र अब चुरोट पिउने गल्ती नगर्ने प्रतिज्ञा गर्यो ।
अपरेसन सकेर त्यो डाक्टर सरासर कफी सप पस्यो र अर्डर गर्यो, ‘साहुजी एक कप चिया र एक खिल्ली चुरोट दिनुस् त… ।’
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
र यो पनि पढ्नुहोस्...
रुद्र अधिकारी 'निर्दोषी'
जेष्ठ १६, मंगलवार ०९:०१