असाध्यै राम्रो । मैले पटक पटक हेरें । हिजो मात्र बेलायतबाट ल्याइएको आइफोन । मैले भरत दाइलाई तीन दिनपछि आएर लैजान्छु भनें ।
नयाँ प्रविधिको बारेमा पल्लो गाउँको हरिलाई थाहा थियो । म उतैतिर लागें । मैले उनलाई यथार्थ कुरो आद्योपान्त बताएँ ।
उनले भने, ‘एक लाखसम्म दिए भने लिए हुन्छ ।’
मैले भरत दाइको घर समेत त्यहीबाट पल्लो गाउँको नीलो छानाको टिन भएको घर चिनाइ दिएँ पनि ।
बालसखाको सल्लाहपछि म झन् उत्तेजित भएँ । म भोलिपल्ट बिहानै ज्योतिषी कहाँ लागें । बाटोभर पछिल्लो मोडलको आइफोन गाउँभरमा मेरै मात्र हुने भो भन्ने तर्कनामा एकछिन हराएँ पनि ।
पर्सिपल्ट शुक्रबार बिहानै ८ बजेर ३५ मिनेटको शुभसाइत छोप्न म भरत दाइ कहाँ उत्साहले पुगें र उनलाई देख्नासाथ कुरो राखें । उनले भने, ए, त्यो आइफोन त हरि भन्नेले ८० हजारमा लग्यो नि त ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२८ जेष्ठ २०८३, बिहीबार 










