
ट्रिङ…ट्रिङ …ट्रिङ ….
– “हल्लो, हजुर भन्नुस् को बोल्नु भएको ?”
– “म गृह मन्त्रालयबाट, ”
– “नमस्कार मन्त्रीज्यू !”
– “अँ ! त्यो मैले पठाएको फाइल हेर्न’ भो ?”
– “हेरेँ मन्त्रीज्यू ! त्यहाँ उल्लेख भएको नामहरू त सबै नक्कली रहेछ हजुर । तीन पुस्ते थातथलो पहिचान नै मिल्दैन मन्त्रीज्यू ।”
– “तपाईं धेरै नक्कली कुरा नगर्नुस् ! सक्कली बनाउनुस् !”
– “शरणार्थी बनाउन त गाह्रो छ नि मन्त्रीज्यू !”
– “अनागरिक घोषणा गर्दिनुस् । मेटिदिनुस् उसको नाम थर र थातथलो !”
– “पहिचान मेट्न गाह्रो छ नि, मन्त्रीज्यू ।”
– “तपाईं मसँग धेरै बहस नगर्नुस् । नीति, पद्धति र योजना बनाउने हामी हो । हेर्नुस् तपाईँलाई नि फाइनान्सियल सपोर्ट मिल्छ तिनीहरूको पनि उद्धार हुन्छ । कुरा बुझ्नु भो?”
– “भर्खरै बुझे मन्त्रीज्यू ।”
– “ल खुरुक्क यो मेरो आदेश सम्झिएर फाइल सदर गर्नुस् । नत्र तपाईं हुम्लातिर गएर शरण लिनुस् ।”
– “हस् हजुरको जो आदेश !”



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

