आज शैक्षिक मनोविज्ञानको परीक्षा छ- हामी दुवै जनाको । कामको चापले घुँडै धसेर पढ्न उति सारो फुर्सद हुँदैन । त्यसैले पनि दुवै जना एउटै तह र कक्षामा हुँदा केही राहत हुन्छ- विशेषगरी परीक्षाको बेलामा ।

पढ्दा पढ्दै साढे ६ भइसकेको थियो । ७ बजेको परीक्षा छ । जति हतार गरे पनि स्कुटी निकाल्दैमा १० मिनेट बित्यो । पेट्रोल थिएन । अब अर्को १० मिनेट त्यतै जानेछ ।  ६ : ५० भैसकेछ । ढिलो हुने भनेर फत्र्याकफत्र्याक पर्न थालेँ । अलि छिटो होला कि भनेर स्कूटी

मूल सडकमा पुगेर लामो सास फेरेँ । कुन्नि के तल तल लागेको हो । गोजीमा ल्वाङ खोज्न हात दौडाएँ । लौ पर्‍यो फसाद ! स्कूटीको चाबी त आफैँसँग रहेछ । घडी हेरेको ७ बजिसकेछ । फेरि दौडिएँ पम्पतिर । उनी त्यहीँ थिइन् । नत्र एक्लै १० मिनेटमा जसोतसो पुगिन्थ्यो । अहिले पन्ध्र मिनेट मज्जाले लाग्थ्यो ।

-“आज त घरबाट हिँड्दै साइत बिग्रिएको थियो क्यारे ।”, सुँक्क सुँक्क गर्दै भनिन् ।

रुन त मन आफूलाई पनि थियो । तर, बालाई सम्झिएँ । म अन्योलमा परेँ ।

० ० ० ०

“ऐया !”

म निद्राबाट झल्याँस्स ब्युँझिएँ । रोइरहेकै पो रहेछिन् ।

“के भो फेरि ?”

“पिँडुला फर्कियो क्या । समाइदिनुस् न ।”

“धन्न परीक्षा होइन रहेछ ।”

“…”