
“हामी गरिब उत्पीडन नेपालीहरुका पक्षमा छौँ । सामन्तवादी प्रवृत्तिको अन्त्य गर्दछौँ । ”
रमणले २०५४ सालतिर गरेका भाषणहरु यही थिए । हो जस्तो लाग्यो गाउँलेहरु उनका पछि लागे । जब सत्तामा पुगे चुक्क बोलेन । आजकाल आफैँ सामन्ती बने ।
नेपालको राजनीतिको वास्तविकता जान्न विवशले दर्शन पढ्न थाल्यो । दर्शन मास्टर पछि बल्ल सुरु हुन्थ्यो । दर्शन सम्बन्धि जब उसले रिसर्च गर्यो तब नेपालका राजनीतिक दलहरु लेफ्टिष्ट पायो । सबैका साझा सिद्धान्त समाजवाद थियो । राजतन्त्र मान्नेहरुका विषय पनि उत्पीडनहरुको समाधान थियो ।
विवशले रिसर्च गरेपछि आश्चर्यजनक निष्कर्ष आयो – ” खान र लुट्न मात्र नेपालमा भिन्न राजनीति नारा लगाइने रहेछ । सिद्धान्तमा तात्विक भिन्नता रैनछ ।”
घुम्दै फिर्दै रुम्जाटार । रमण फाल्गुन २६ मा गाउँ पालिका कार्यालय भवन उद्घाटन गर्दा विवशसँग ठोकिन पुगे । प्रमुख अतिथिको रुपमा निम्ताइएका उनले माइकमा भने, “देशको विकास तथा जनताको परिवर्तनको लागि हामीले समीकरण बदल्यौँ ।”
विवश विद्वान थियो । उसले दर्शन माथि रिसर्च गरेको थियो । उसलाई उनको बोली मन परेन ।
उसले भन्यो, “व्यक्तिगत स्वार्थको लागि मन्त्री बन्दैमा, कारमा चढ्दैमा मालिक बनिन्न । तपाईं पहिला भन्दा खुंखार दास बन्नु भएछ । १२ बुँदे समझदारी गराइदिने वापुहरुले भनेको मान्ने तथा खर्चपानी ब्यहोर्नेलाई एमसिसी पास गरेर दिने बाहेक केही गर्न सक्नु भएन । “



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

