गाउँलेहरूले मलजल गरेर सानो बिरुवालाई ठूलो रुख बनाए । पानीको कमी नहोस् भनेर दैनिक पानी आउने नलको व्यवस्था गरे ।

रूखमा फल लाग्न थाल्यो । रूखको चार वटा हाँगाहरू चरतिर फैलिएको थियो । अचम्मको विशेषता पनि थियो । चारै हाँगामा एकपल्ट फल नलागेर अलग-अलग समयमा फल लाग्थ्यो । गाउँलेहरू वर्षभरि फल खान पाइने भयो भनेर दङ्ग थिए । फल सबैले बाँडेर खाने सहमति भयो ।

रूखमा सुरक्षाकर्मी तैनाथ थाल्यो भनेर गाउँमा हल्लाखल्ला मच्चियो ।गाउँलेलाई थाहै नदिई सुरक्षाकर्मी कसरी आए । प्रश्न उठेको थियो । गाउँलेहरू अचम्मित र त्रसित थिए ।

गाउँलेहरूलाई रुख नजिक जाने अनुमति थिएन । राति फलहरू टिपेर लगिन्छ भन्ने हल्ला भयो । कसले टिप्छन् ? गाउँलेहरू सुराकी गर्न थाले ।

केही समयपछि रूख ढलेको देखियो । सुरक्षाकर्मीलाई चोटपटक लागेर हस्पिटल पुगेछन् । मिहिनेतको फल रातिमा लगेर खानेहरूको अत्तोपत्तो थिएन

गाउँलेहरू गाइँगुइँ हल्ला गर्दै थिए‚  ‘रूख र हाम्रो देशको गणतन्त्रको हालत उस्तै हुने हो कि ?’