‘किन बोलेको ? ‘

‘म बोल्न जान्दछु, बोल्न सक्दछु ।’

‘जे पायो त्यही किन बोलेको ? ‘

‘मैले सत्य कुरा, न्यायका कुरा मात्र बोलेको छु ।’

‘मेरो विरुद्ध किन बोलेको ? ‘

‘म न्याय, सत्यका पक्षमा बोलेको छु । तिम्रा विरुद्ध होइन ।’

‘तैंले बोलेको मेरो विरुद्ध भयो ।’

‘अन्याय, अत्याचारका पक्षमा हुनेहरू सबै विरुद्ध बोलेको  हो । तिमी न्यायका पक्षमा उभिँदा मैले बोलेको तिम्रा पक्षमा हुनेछ ।’

‘चूप, अब नबोल् ! ‘

‘गणतन्त्रमा बोल्न पाइन्छ । म त बोलिरहन्छु, निरन्तर ।’

‘बढी बोल्ने ! टोक्दिऊँ ? ‘

‘ठोक् ! म डराउँदिन ।’

‘(आदेश) ए केटा, यसलाई ठोक् !’

‘ड्याङ ड्याङ ड्याङ…. ‘

‘त्यसपछि अरू कुनै आवाज सुनिए न ।’