
कामबाट आउँदै थिएँ । शालिकहरूको आवाजले रोकिएँ । शालिकहरूले मलाई हेर्दै भने, “तिमी हामीलाई देखेर खुशी छौ ।”
मैले खुशी भएको जनाएँ । शालिकहरूको अनुहार चम्कियो । शालिकहरूलाई हेर्दै मैले आफ्नै मस्तिष्कलाई छामछुम पारें ।
फेसबुकभरी आएका शालिकका तस्वीरहरू बिहानैदेखि हेरेको थिएँ ।
मैले हेरेका शालिकहरू उस्तैउस्तै तर फरक देशका थिए ।
मैले दुवै देशका शालिकहरूलाई देशको बारेमा बोल्न अनुरोध गरें । म काम गर्दै आएको विदेशी भूमिका शालिकहरूले गर्वका साथ भने, “हामी मरेर देश बन्यो ।”
तर,
मेरो देशका शालिकहरू रुँदै भने मात्र, “नेता !”
कुवेत



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
