विश्रामपुर गाउँमा रामेश्वर र सविनाको दम्पती जेनतेन खेती बाली / अर्मपर्म गर्दै गुजारा गरिरहेका थिए ।

रामेश्वरले SLC सम्मको अध्ययन गरेको थियो भने सविना ३ पास थिई ।  आफूखुसी बिहे गरेकै कारण दुवैको परिवारले उनीहरूलाई स्वीकार गरेको थिएन । विवाह भएकै वर्ष सविना आमा बन्ने भइन् ।

अब आउने सन्तानका निम्ति भएपनि रामेश्वरले परदेसिने निर्णय गर्‍यो । आवश्यक रकमका लागि गाउँकै मुखिया सँग सहयोग माग्यो ।

तर केही समय पछि उसले रकम बुझाएको कन्सल्टेन्सीले आफ्नो रकम लिएर फरार रहेको खबर थाहा पायो। सविनालाई पनि आफू नराम्रोसँग ठगिएको कुरा सुनायो ।

सविनाले सम्झाउँदै भनिन्, “जिन्दगीमा उतारचढाव त भइरहन्छ, आत्तिनु हुँदैन । एउटै प्रयासमा हार मान्नु हुँदैन । जिउने विकल्प धेरै छन् बस हजुरको विकल्प खोज्ने दिन कहिल्यै नआओस् ….।