“सपना आज भाटभटेनी आइज है नौ बजे,” सीमाले फोन गरेर भनिन् ।

“ल आउँछु,” भनेर फोन राखिन् ।

सपना साढे नौ बजे सीमालाई भेट्न भाटभटेनी पुगिन् ।

सीमाले सपनातिर हेर्दै “केही बेरको किनमेलपछि खाजा खाउँ ल” भनिन् ।

“मेरो वैभव लक्ष्मीको व्रत छ, म खाना खान्न,” सपनाले भनिन्।

“अहो तैँले पनि व्रत बसेकी कसको लागि बसेकी नि ?” हाँसेर सीमाले भनिन् ।

ममता मृदुल

“रवीन र मबिचको प्रेममा कसैको आँखा लाग्यो । मैले त्यो आँखा लगाउनेको सर्वनास होस् भन्न चाहिनँ तर मेरो र रवीनको पुनर्मिलन होस् भनेर व्रत बसेकी छु । म रवीनलाई धेरै माया र भरोसा गर्छु । रवीनले मबाहेक अरूलाई माया गर्न सजिलो छैन । उसको स्वभाव मलाई थाहा छ । मसँग बिहे भएन भने उसले अरूसँग पनि गर्दैन । दसवटा व्रत आज सकिन्छ । एघारौं व्रत म रवीनसँग बसेर समापन गर्न चाहन्छु ।”

सपनाको विश्वास देखेर छक्क परिन् । मन भावमा बग्यो । प्रेममा गरिएको विश्वासमा बग्यो । लाग्छ अविरल बग्ने इन्द्रवती जस्तै छ निश्चल छ यो प्रेम ।

“यो कसरी हुन्छ त तिमीहरू छुट्टिएको तीन महिना भैसकेको छ ।” सामान छान्दै सीमाले सोधिन्।

जवाफ नदिई सपना एक्कासि दौडिइन् । “सपना पख” भन्दै सीमा पछिपछि आइन् ।

सपनाले रवीनको दुवै हात समाएको देखेर मनमनै सोचिन् ।

भगवानले जुराएको जोडीलाई मान्छेले छुटाएर छुट्छ ?