“विवाह गरेर ल्याएकी स्वास्नी होस्, तँमाथि मेरो पुरै अधिकार छ ।” बिर्खेले जबरजस्ती यौन प्यास  मेटाउन प्रयत्न  गर्‍यो ।

सुत्केरी अवस्थाकी कमजोर बुद्धिकला आफूलाई  बचाउन प्रतिकार गर्दा चक्कर आएर लडिन् ।

गर्ल्याम्म आवाजले सासू दगुर्दै आइन् । पानी छम्किँदै भन्दै थिइन्, “भोली नै चोखिएर माइत जा बुहारी, लोग्नी मुन्छेको जात …।”

श्रीमती  वा श्रीमानको इच्छा विरुद्धको जबरजस्ती  करणीलाई कानुनले   वैवाहिक   बलात्कार र अपराध मानेको छ ।

“जहाँ समस्या छन्, त्यहीँ उपाय पनि ”   समस्याबाट भाग्नु हुँदैन । बुद्धिकलाले  सासू र बिर्खेतर्फ नजर लगाउँदै भनिन् ।

“ए तँलाई पूजा गर्न ल्याएको हो ? अझै कानुनको कुरा गर्छेस ?” बिर्खेले भन्दै  थियो ।

बुद्धिकलाले भनिन्, “लैङ्गक हिंसा स्वीकार छैन । मेरो शरीरमाथि मेरो अधिकार छ ।”