“ओइ आयो तेरो भिसा ?” उषाले भनी ।
“आएको छैन । साह्रै टेन्सन भएको छ यार ।” निशाको जवाफ थियो ।
“आए आउँछ नआए आउँदैन, के तनाव लिइरहने हो र ।” उषाले निशाको विदेश जाने कुरालाई हल्का रूपमा लिई ।
अहिले ऊनीहरू शपिङ मलको तेस्रो तलामा छन् । केही नयाँ डिजाइनको ड्रेस पाइहालिन्छ कि भनेर खोजिरहेछन् । मनले खाए किनिहाल्ने योजना पनि बुनाउँदै छन् ।
“हेर न यो कस्तो छ, यो सुहाउला नि है ।” निशाले छोटो कपडा देखाउँदै भनी ।
“अब त उमेर गयो होला नि यो लगाउन, बैंसमा त लगाइनस् ।” उषाले आफ्नो राय दिई ।
“यहाँ त यस्तो लगाउन लाजै लाग्छ, भो । भिजा आइहाल्यो भने बाहिर गएर समुन्द्रको छेउमा लगाएर घुम्नु पर्ला नि ।” भन्दै निशाले आफ्नो अधबैंसे रहर पूरा गर्न उक्त पोशाक खरिद गर्ने निर्णय गरी ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला