म टुँडिखेलमा बसेर आमसभा हेर्दै थिएँ। मलाई नजिकै झण्डा लिएर उभिनु भएको आमाको दृश्यले आकर्षण गर्यो।उहाँको अवस्था नाजुक थियो। शरीरका कपडा ठाउँ-ठाउँमा फाटेका थिए।
मैले आमालाई सोधेँ,
“किन झण्डा समाउँदै हुनुहुन्छ?
केका लागि?
कसले भन्यो समाउन?
बदलामा के पाउनु हुन्छ?
की तपाईं पैसामा बिक्नु भयो ?”
म सोधिरहेँ । आमा हाँसिरहनु भयो। न आमाको आँखामा छलकपट थियो न त अनुहारमा दुःख। म अचम्मित भइनँ।आमाहरुमा सहन शक्ति हुन्छ नै।
आमाले पाखुराको चेतिएको कपडा अरु चेत्नु भयाे। मेरो मुखबाट शब्द नै निस्केनन्।
 मुस्काउँदै आमा नै बोल्नुभयो। झण्डा र व्यवस्थाका लागि गोलीको छर्रा पाखुरामा अहिलेसम्म अल्झेको छ। अनि म झण्डा नसमाई कसरी बसुँ त ! बाबु।