“बाबु कता गएर आएको होला ?” मैले माया दर्शाएर छोरालाई सोधें ।
“निकेश दादाको घर ।” छोराले भन्यो ।
“मामा घरमा गएर आएको भन न बाबु ।” उर्मिलाले भनिन् ।
“मामा घर, निकेश दादाको घरमा गएर आएको ।” उसले निकेश दादालाई छुटाउन चाहेन ।
“भाइले जे भने त्यही दिन्छ, बिस्कुट, चकलेट किनेर दिन्छ त्यसैले निकेशको पछि लगिरहन्छ ।” उर्मिलाले भनिन् ।
तीन महिना पछि एकदिन उर्मिला बिदाको दिन पारेर माइत गएर फर्कंदै थिइन्, मैले छोरालाई सोधेँ, “मेरो कान्छो आज पनि निकेश दादाको घर गएको हो ? ”
“मामा घरमा गएर आएको ।” उसले भन्यो ।
“बाबुको निकेश दादासँग भेट भएन ?” मैले सोधेँ ।
उसले जवाफ दिएन ।
“भाइको परीक्षा आएर पढेर बसेको थियो ।” उर्मिलाले भनिन् ।
भित्रबाट आमाले भन्नु भयो, “यस्तै हुन्छ्न् बाबु मान्छेका जात । दिए र खुवाए सम्झन्छन् । दिन छोडे वास्ता हुँदैन ।”
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला