“अब नारायणलाई गाउँमै सीमित गर्नुहुन्न ।”

“ऋण काढेर भए पनि सहर पठाउनु पर्छ ।” अर्तिबुद्धिको ओइरो लाग्नसम्म लाग्यो ।

रातभर छविलाल दम्पती सोचमग्न बने र छोराका लागि मौकामा हिरा फोर्नुपर्ने सम्झिए ।

अन्ततः दुहुँदादुहुँदैको भैंसी बेचियो । पाखोबारी बन्धक राखियो ।

यता छविलालको चालामाला देखेर साख्खै दाजुले भने, “१२ पास गर्दैमा सहर पस्नै पर्छ भन्ने होइन, घर पायकै कृषि क्याम्पस एक पटक बुझ्नू ।”

दम्पतीले कसैका कुरा सुनेनन् । केही दिनमै बाउछोरा बन्दोबस्तसाथ गाउँबाट रोडतिर झरे र डोको बिसाएर आँसु पुछ्दै भने, “बाबु ! त्यहाँ पनि इज्जत राख्न नभुल है ।”

‘ढुक्क हुनुस्, बा ।’ नारायणले ढाडस दियो ।

भोलिपल्ट ऊ कलेज पुग्यो । कलेज भव्य थियो । कलेज परिसरभर बाइक र गाडीहरू भरिभराउ थिए । चमेनागृहमा भरिभराउ देखिन्थ्यो । कलेजमा घुमघाम र अनेकौं मोबाइल, ल्यापटपका कुरा सुनिन्थ्यो । दुई महिना पुग्दा नपुग्दै उसले घरमा फोन गरेरै भन्यो, “बा ! अब म गाउँमै पढ्ने भएँ, पीर नमान्नू ल ।”

एक्कासि उनले दाजुलाई झलझलती देखिरहे र डङ्ग्रङ्ग ओछ्यानमा गएर पल्टिए ।