यता आज शहीद दिवश । सालिकलाई मर्मत–सम्भार गरी चिटिक्क पारियो । बिहानै सेनाका टुकुडीले सलामी चढायो र राष्ट्रप्रमुखले माल्यार्पण गरी उनको महान बलिदानको प्रशंसा गर्यो ।लगत्तै स्वागत भिडमा मिसिएका विपक्षी दलका नेता कार्यकर्ताले विरोध स्वरुप नाराजुलुस गरे । दङ्गा फसाद सुरु भयो । प्रहरी प्रशासनले लाठी चार्ज गर्यो ।

विपक्षीहरुको आरोप थियो– ‘राज्यसत्ताले वीर शहीदका परिवारलाई पूर्ण वेवास्त गरियो ।’

उता भने उपचार खर्च नपाएर लामो समयदेखि थलिएका शहीदको श्रीमतीको आज बिहानै मृत्यु भयो । तिनको लास उठाउनेसम्म कोही भएनन् । न त्यहाँ सत्तापक्षको कोही पुग्यो, न विपक्षी दलको नै ।