छाेरीलाई चिडियाखाना घुमाउँदा, त्यहाँ लाेप नभएका केही वन्यजन्तु थिए । लाेप भएका वन्यजन्तुको सुहाउँदो वासस्थान बनाएर मूर्ति राखिएको थियाे । छाेरी टिभी र पाठ्यपुस्तकमा देखेका आकर्षक जनावरहरू हात्ती, गैँडा, सिंह, बाघ,भालु र लामाे घाँटीकाे जिराफ देखेर साह्रै खुसी भइन् तर निकट भविष्यमा नै धेरै वन्यजन्तु डाइनाेसरझैँ लाेप हुन सक्ने सम्भावना देखेर निराश र दुःखित पनि ।
खुसी बनाउन नजिकैको आइसक्रिम स्ट्यान्डबाट आइसक्रिम किनेर दिएँ । त्याे एकैछिनमा पग्लिएर छताछुल्ल भयाे ।
छाेरीले जिज्ञासा राखिन, “बाबा, आइसक्रिम किन एकैछिनमा पग्लियाे ?”
“ग्लाेवल वार्मिङकाे कारणले हाे !” छाेटाे जबाफ फर्काएँ ।
छाेरीले नबुझेर साेधिन् , “ग्लाेवल वार्मिङ भनेकाे के हाे ?”
“आहा ! छाेरी उत्कृष्ट प्रश्न सोध्यौ नि! ग्लाेवल वार्मिङ भनेकाे हाम्रो पृथ्वीको तापक्रम असामान्य रूपमा छिटोभन्दा छिटो बढ्दै जानु हाे ।” मैले फेरि छाेटाे उत्तर दिएँ ।
“पृथ्वीमा असामान्य रूपमा तापक्रम के कारणले बढ्छ, बाबा ?”
“हामी मानिसहरूले प्रकृतिलाई अकल्पनीय रूपमा दाेहन र अत्याचार गरिरहेका छाैँ । जस्तै वनजङ्गल र रूखबिरुवा नष्ट गरेर बस्ती वा सहर निर्माण गर्नु । मानव स्वार्थका लागि अत्यधिक कलकारखाना चलाएर वायुमण्डलमा बढीभन्दा बढी कार्बन डाइअक्साइड फैलाउनु । मांसाहारी भाेजन गर्नु । सार्वजनिक यातायात प्रयोग गर्दा पनि हुने ठाउँमा आआफ्नै प्रयोग गर्नु । कतिपय सामानको रिसाइकल नगर्नु । पानी र बिजुलीबत्तीको बचत नगर्नु आदि इत्यादिकाा कारणले छाेरी !”
“बाबा ! ग्लाेवल वार्मिङका घातक कारणहरू बल्ल थाहा पाएँ । म आजैबाट पृथ्वीलाई बचाउन वृक्षारोपण गरेर यसलाई असर पर्ने कुनैपनि काम नगर्ने प्रतिबद्धता गर्दछु र याे ज्ञान शिक्षक, शिक्षिका अनि विद्यार्थी साथीहरूसँग पनि बाँड्न चाहन्छु । के तपाईं पनि हाम्रो पृथ्वी मातालाई सदैव बचाउन एकताबद्ध भएर लाग्ने प्रतिबद्धता लिन सक्नुहुन्न र ?”
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।