नवागन्तुकहरूको स्वागतार्थ प्रस्थान गर्न लागेका यमराजले घोडा चढ्दै सोधे–
“साइतका बेला किन आयौ कामरेड ?”
“एउटा बिनती थ्यो हजुर !” कम्पित स्वरमा फूलप्रसाद उर्फ निलकण्ठ बोले ।
“कस्तो बिन्ती ? छिटो भन !”
“बिदा चाहियो हजुर !”
“असम्भव ! दुनियाँमा यो मात्रै त्यस्तो ठाउँ हो, जहाँ कसैले कहिल्यै बिदा पाउँदैन । तिमीलाई यमलोकको नियम थाहा छैन ?” यमराज कड्किए ।
“ थाहा छ । तर …”
“ तर के ?”
“ नछोड्ने भएपछि जानैपर्ने भयो हजुर !” फूलप्रसादले विवशता जताए ।
“ कहाँ जानुपर्ने ?”
“ मर्त्यलोक !”
“ मान्छे स्वर्गलोक जान चाहन्छन् । तिमीचाहिँ प्रतिगमनतर्फ ?” यमराजले आश्चर्य प्रकट गरे ।
“ परिबन्ध आइलाग्यो हजुर !”
“ कस्तो परिबन्ध ?” यमराजले रुखो बोले ।
“ विमानस्थल घोटाला प्रकरणमा मेरा विरुद्ध पनि भ्रष्टाचार मुद्दामा दायर भएछ हजुर !”



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
३० जेष्ठ २०८३, शनिबार 








