मन्त्री खाएपछि मान्छेहरु धेरै आउन थाले । मन्त्री ज्यूलाई पर्नु फसाद पर्यो । मिटिङ् कक्ष ठूलो चाहिने भयो । ऊनले घर बनाउनलाई इन्जिनियरहरु हायर गरे । इन्जिनियरका विभिन्न डिजाइनअनुसार घरको नमुना छानियो ।
काठको ठेक्का आफ्नै गाउँका एक जनालाई दिइयो । काठ कर्मीले काठ काट्दा अचानक भुइँमा लडे । मेसिन आरोले काठ छियाछिया पारिदियो । जब मन्त्री जी साँझमा भवन निर्माणस्थल पुगे । उनी रिसले चुरचुर भए ।
मन्त्री जी ले ठाडो आदेश दिए, “यो काठकर्मीलाई काठको मूल्य तिराउनू । ” विचरा ती काठकर्मी । पैसा तथा क्षमता भए मालिक नै हुन्थे । जानेर बिगारेका थिएनन् । भुलमा पनि हेपेपछि उनी कुर्ले ।
काठ कर्मीले आँखा रातो पार्दै भने, “द्वन्द कालमा तपाईंहरुले चार लाख बचाउनेलाई रिसीभीको आडमा सामन्ती भनेर मान्छेको घाँटी रेट्दा केही भएन । सामन्ती चरित्र हेर्दा सय पटक तपाईंलाई रेट्नुपर्ने हो । भुल भएको मेरो गल्ती पहाड बनाउन लाज छैन ? “
हेलम्बु-६, सिन्धुपाल्चोक
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला