सहरको व्यस्त चोकमा उभिएका ट्राफिक प्रहरी चालकहरूलाई दिशानिर्देश गर्दै थियो । त्यही समयमा एक जना लिखुरे साइकिल यात्रीले ट्राफिक नियमको उल्लङ्घन गर्न पुग्यो । ट्राफिक प्रहरी ऊमाथि एक्कासि बाघझैँ झम्टियो र केही नभनी थप्पड लगायो ।

फेरि उ चोकमा उभिएर दिशानिर्देश गर्न थाल्यो । उ दौडँदै गयो र मोटरसाइकलको चाबी खोसेर चुपचाप फर्कियो । मटर साइकिल चालक उसको छेउमा उभिएर गनगन  गरिरह्यो ।

केही बेर पछि यात्रुवाहक सवारी साधनले नियम उल्लङ्घन गर्न पुग्यो । उसले चालकको चालक अनुमति पत्र लिएर जरिवाना काटेर छाड्यो ।

समय एव रीतले चल्दै थियो । एक भिआइपीको गाडीले पनि यसरी नै नियम उल्लङ्घन गर्न पुग्यो । उसले पहिला सलामी ठोक्यो र विनम्रतापूर्वक अनुरोध गर्यो– ‘हजुर ! यसो नियम कानुनको पनि ख्याल गरिदिनु भए हुन्थ्यो ।’