निरिहबहादुर लुकेर बसिरहेको थियो । शक्तिमानले उसलाई अकस्मात् कठालामा समाएर घोक्र्याइदियो ।
निरिहबहादुरमा सुखी र समृद्ध जीवन बिताउने लालसा थियो । त्यसकारण दलाललाई मोटो रकम खुवाएर ऊ धनी शक्तिमानको घरमा छिरेको थियो ।
शक्तिमान अझै शक्तिसम्पन्न भएपछि निरिहबहादुरलाई उसकै घरतिर लडाइदियो ।
रङ्गिन सपना बोकेर छिरेको निरिहबहादुरले केवल एउटा झुत्रो बोरा बोकेको थियो । ऊ नराम्ररी लड्यो तर भाग्यवश आफ्नै आमाकै काखमा खस्यो ।
आफूले दुःख गरी हुर्काएको जवान छोरालाई शक्तिमानले घोक्र्याएर खसालेको सुन्दा आमालाई निकै दुख्यो ।
तर आफ्नो छोरो आफ्नै काखमा पाउँदा उनी खूब खुशी भइन् । भुइँको एक मुठी माटो छोराको हातमा दिंदै आमाले भनिन्, “अरूको लाख आमाको काख, आफ्नी आमालाई चिन छोरा !”



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
३० जेष्ठ २०८३, शनिबार 









