पुलिसले धनमानलाई चोर थुन्ने खोरमा हुलिदिएपछि रत्ने आश्चर्यमा पर्यो ।
रत्ने पटके चोर । उसको त यहाँ आउने-जाने चलिरहन्छ ।
तर धनमान त टोलकै धनीमानी । उसको बेग्लै इज्जत छ । कतिपटक त रत्नेले पनि धनमानको घरमा आँखा लगाएको छ, चोर्न गएको छ, चोरेर धनमानलाई आजित बनाएको छ ।
धनमानलाई चोर्दाचोर्दै पक्रिए पनि उसलाई चोरको रूपमा सार्वजनिक गर्ने कि नगर्ने भन्ने बारेमा पुलिसहरूकै बीचमा पनि अन्योलता देखा पर्यो । अन्त्यमा चौकीदारले कड्केर भन्यो- “धनी होस् कि गरीब होस्; चोर चोर नै हो ।”
धनमानलाई देखेपछि रत्ने हड्बडाए जस्तो देखियो । हड्बडमै उसले भन्यो- “दाइ, स्वागत छ ।”
धनमानलाई पुलिसले खोरमा हुलिदिएको दिनदेखि एउटा कुरा भने फेरि देखिएन: धनमानको घरमा फेरि चोरी भएन ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२८ जेष्ठ २०८३, बिहीबार 










