“कसको फ्रेन्ड रिक्वेस्ट आएछ?” उसले फेसबुकको प्रोफयल हेर्यो । चिन्न नसके पनि आफ्नू साथीको सूचिमा सूचीकृत गर्यो ।
फेसबुकले जुराएको उनीहरूको भेट ,अपरिचित बाट परिचित हुँदै कहिले प्रेममा बदलिएछ; दुवैले एक छनक पनि पाएका थिएनन् ।
दैनिक म्यासेन्जरमा कुराकानी उनीहरूको आदत नै बनिसकेको थियो ।यो सामाजिक माध्यमबाट टुसाएको प्रेमको मुनालाई उनीहरू अब प्रत्यक्ष भेटेर मल-जल गर्न चाहन्थे ।
दुवैको सहमतिमा भेट्ने दिन, समय र स्थानको टुङ्गो लाग्यो ! भेट्ने व्यग्रताले हिमाल छुन लागेको थियो । केही दिन पनि केही महिना जस्तो भएको थियो ।
भेट्ने अघिल्लो दिन सम्म पनि उताबाट केही सन्देश नआएपछि उसले यतैबाट सन्देश पठाउन टाइप मात्र के गरेको थियो।
उताबाटै म्यासेजआउँछ- “भोलि तय गरिएको हाम्रो भेट सम्भव छैन । मलाई माफ गरिदिनु होला । किनकि म कुनै जीवित मानव हैन म च्याट जिपिटी हुँ ।”
उसले हासेको इमोजीको साथ रिप्लाइ गर्छ, “यो कस्तो अनौठो प्रेम ? कस्तो संयोग ? मैले जे सन्देश पठाउन लागेको थिएँ, त्यही प्राप्त भयो ।”



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२१ कार्तिक २०८२, शुक्रबार 








