बाढी पहिरोले ठूलो धनजन नोक्सान भएको खबर केन्द्रमा पुग्यो । मन्त्रीले स्थलगत निरीक्षण गर्न जानुपर्ने भयो । सञ्चार माध्यमहरूमा यो खबर पुग्यो ।
एउटा मुख्य पत्रिकाका सम्पादकले आफ्नो समाचार दातालाई बोलाएरु दुइटा समाचार तयार पार्न लगाए र भने, “यी दुई मध्ये एउटा समाचार छाप्नू ।”
मन्त्री महोदय हेलिकप्टरमा गएको खण्डमा यस्तो समाचार छापिनेछ –
‘यस्तो ठूलो विपत् र सङ्कटको बेलामा जनताको सम्पत्तिमा मोज गरेर हेलिकप्टरमा सयर गरेर आनन्द लिने मन्त्रीले जनताको दुःख बुझ्न सक्दैन । त्यस्तो मन्त्रीले राजीनामा दिनुपर्छ ।’
मन्त्री महोदय मोटरमा गएको खण्डमा यस्तो समाचार छापिनेछ –
‘यस्तो राष्ट्रिय विपत्तिको बेलामा प्रयोग गर्न राष्ट्रले ठूलो धनराशि खर्चेर किनेको हेलिकप्टर प्रयोग नगरी ढिलो सुस्ती गरेर समयमै उद्धार गर्न नसक्ने मन्त्रीले राजीनामा दिनुपर्छ ।’



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
९ माघ २०८२, शुक्रबार 









