“त्यस्ताको सङ्गत गरेर हुन्छ ?” उनले आवेग मिश्रित प्रश्नको झटारो हानिन् ।
“को त्यस्ता ? कस्को सङ्गत ? बुझेको भए त मरी जाऊँ !” मैले जवाफ फर्काएँ ।
उनले भनिन्, “त्यौ ट्याटुवाला के त ?”
मैले हाँस्दै भनें, “ए ! नर्मनको कुरा गरेकी ? ऊ राम्रो मानिस हो । उसको बारेमा किन त्यस्तो अन्ठसन्ठ बोलेकी ?”
“राम्रो हुन्छ ! हेर्दै ट्यापे, दुर्व्यसनी जस्तो देखिन्छ !” उनले पुनः नर्मन प्रतिको परेको छाप व्यक्त गरिन् ।
मैले नर्मनको ट्याटुको बारेमा बेलिबिस्तार लगाएँ, “उसको शरीरमा भएको सबै ट्याटु देख्यौ भने तिमी त बेहोस नै हुने रहेछौ । दुवै हातमा डरलाग्दा दानव/राक्षसका आकृति छन् । छातीमा आमा,बाबा, श्रीमती र छोराछोरीको आकृति छ ।” उसले भनेको – हामीमा दानवीय र दैविक दुवै गुण हुन्छ रे । कुन रूप देखाउने हो हामीमा भर पर्छ रे । यही रूप हाम्रो स्वभाव भएर देखिने हो अरे ।”
मैले नर्मनको ट्याटुको बारेमा बताई रहँदा उनी सुनेको सुन्यै भइन् ।
म भने ब्याख्या गर्दै गएँ । “पाखुरामा भएको राक्षसको चित्रले उसलाई सचेत गराइराख्छ रे । छातीमा कुदिएको परिवारको कलाले उसलाई परिवारको दायित्वबोध गराइराख्छ रे । यसरी, राक्षसी प्रवृतिबाट आफ्नू परिवारलाई बचाइराख्ने वा संरक्षण गर्ने अर्थमा उसले त्यो ट्याटु बनाएको रहेछ । ट्याटु एक कला रहेछ । ट्याटु सिर्जनशील कार्य रहेछ ।”
उनले एक श्वासमा बोलिन्, “बल्ल मेरो घैँटोमा घाम लाग्यो, ट्याटु खोपेको वा बाहिरी रूपको आधारमा कसैलाई असल वा खराब भनेर छुट्याउनु नहुने रहेछ ।”



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ जेष्ठ २०८३, बिहीबार 









