‘गुडमर्निङ ।’ एकाबिहानै उसलाई म्यासेज पठाएँ ।

‘ह्या ! के को गुड मर्निङ यार । आफूलाई यहाँ कस्तो ब्याडमर्निङ भाको बेला तिम्रो अल्छी लाग्दो गुडमर्निङ ।’ उसले दिक्क मान्दै प्रत्युत्तर फर्काई ।

‘के भो र यार ?’ मैले सोधेँ ।

‘के भो रे ? ए बुद्धु ! मलाई बिहानबिहान के भूत चढ्छ भन्ने नि बुझ्न छाड्यौ अब ? तिमी त मर्निङमा पो झरेऊ त ? यो त शिवजीको लिङ्ग कैलाश पर्वतको टुप्पोबाट एकैपटक तल खोँचमा झरे जस्तो भो । थाक्यौ कि क्या हो ? साँच्चै भन्ने हो भने यो उमेरमा पनि तिमीमा भाइब नै छैन यार । ज्यानमा मासु मात्र भएर के गर्नु ? तिम्रो मासु खानु भएन ?’ उसले अलि आक्रोशित स्वरमा भनी ।

‘शान्त यार शान्त ।’ मैले सम्झाउन खोजेँ ।

‘भुत्रोको शान्त ! मभित्र आगो दन्केको छ, तिमी शान्तिको कुरा गर्छौ ।’ ऊ झनै आक्रामक भई ।

‘तिमीभित्रको आगो ओकल र शान्त होऊ ।’ उसको आवेगले शान्ति भङ्ग हुन सुरु भैसकेको मैले अर्द्धशान्त स्वरमा भनेँ ।

‘आगो ओकलेर शान्त हुँदैन मिस्टर ! आगोमा त पानी हालेर शान्त हुन्छ । सक्छौ भने आऊ पानी हाल्न ।’ उसले चुनौती दिई ।

उसको कुरा सुनेर म पनि तातो भैसकेको थिएँ । भनेँ– ‘मसँग पानी छैन, भएको पानी पनि तिमीले आगोमा परिणत गरिदियौ, अब कसरी पानी हाल्न सक्छु म ?’

‘हैट, बुद्धुम्यान ! त्यति पनि बुझ्दैनौ है तिमी, आगो प्लस आगो बराबर पानी हुन्छ क्या ।’

ऊ खितित्त हाँसी ।

उसमा बलेको आगो निभाउने हतारो ममा पनि जागृत भैसकेको थियो । तर त्यो आगो निभाउन म पानी हाल्दै थिएँ कि उसले भने झैँ आगोमा आगो लगेर झोस्दै थिएँ ? म आफैँलाई थाहा थिएन ।