“के एक्लै बोलिरहेको काइँला !” मास्टरजीले सोधे ।
“के हुनु मास्टरजी ! मुसाले दिक्क लगाए । धान जति सबै दुलातिर लगेछन्,” खमार छेउछाउका दुलाहरु खन्दै मुसा र धान सँगसँगै निकालिरहेको काइलाले भन्यो ।
मास्टरजी केही बोलेनन् ।
“के सोच्दै हुनुहुन्छ मास्टरजी ? चूप लाग्नुभयो नि !” काइलाले भन्यो ।
निराश हुँदै मास्टरजीले भने, “काइँला ! तैले मुसा र धान दुलाबाट निकाले झैं सिंहदरबारका गनाउने मुसाहरूलाई धान सहित निकाल्न पाए कति जाती हुन्थ्यो !”



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२१ कार्तिक २०८२, शुक्रबार 










