“हैन, बेरोजगारीको सङ्ख्या पनि के सारो बढेको ? विहानदेखिको भिड सिद्धिने नामै लिँदैन ।” निम्नमाध्यमिक तहको अन्तर्वार्तामा खटिएका रामप्रसादले दिनको ३ बजेतिर आफ्नो मनभित्र गुनासोको व्यवस्थापन गर्न नभ्याउँदै,  “excuse me sir may I come in ?”

प्रश्नले लखेटिएपछि केही सहज हुँदै भने , “आउनुस् आउनुस् बस्नुस् न !”

फेरि उत्तरदाताको परिचयको पूर्णपाठ सिद्धिने बित्तिकै रामप्रसादले प्रश्न तेर्स्याए, “राधेश्यामजी तपाईं निजी स्रोतमा पढाउँदै पनि हुनुहुँदो रहेछ । म एउटा वाक्य दिन्छु त्यहाँका अक्षरहरु मात्रै चलाएर तीन ओटा वाक्य निर्माण गर्नुहोला है त ।”

गृहकार्य बुझाउँदै गरेको आज्ञाकारी बालक जस्तै भएर राधेश्यामले भने, “हुन्छ सर ! म प्रयास गर्छु ।”

रामप्रसाद भन्दै गए , “मतलब नभएको मान्छे हुँ । यो वाक्यलाई अघि मैले सुझाए जस्तैगरी अक्षरसँग खेलेर तीन वाक्य बनाउनुस् त ।”

प्रश्न सुनेपछि आत्तिएर झण्डै पसिना आउला जस्तो गरेका राधेश्यामले भने, “sorry sir ।”

यस्तै यस्तै प्रश्नले घेरिएपछि निराश भएका राधेश्यामलाई जाँदै गर्दा अलि सहज बनाउन रामप्रसादले गाँठो फुकाइदिए : “मतलब नभएको मान्छे हुँ । म तलब नभएको मान्छे हुँ । म त लब नभएको मान्छे हुँ ।”