विशेषज्ञहरू अनुसन्धान गर्दै थिए। विशेषज्ञहरूलाई सबै अधिकार दिइएको थियो।
एक-एक गरी अनुसन्धान गरियो। अनुसन्धान गर्नेहरू लामो समयसम्म प्रमाण जुटाउन सकेका थिएनन्। लामो अनुसन्धानपछि ठुलो घैँटोमा अनुसन्धानकर्ताकाे नजर पर्यो। घैँटो फुटाउन अनुसन्धानकर्तालाई ठुलो सकस भयो । बल्लतल्ल घैँटो फुटालियो। गाउँ-शहर जताततै हल्ला भयो।
सबै फुटेको घैँटोबाट के निस्कियो भनेर हेर्न आतुर थिए ।
घैँटोबाट निस्किएको परिणाम नदेखाउने दबाब पनि आयो।अनुसन्धानकर्ता विदेशी थिए। घैँटो बचाऊ अभियानलाई सफल हुन दिएनन्।
अन्ततः,
अनुसन्धानको परिणाम सार्वजनिक गरियो।
“घैँटो संसद भवन रहेछ भने, घैँटोभित्र संसद, मन्त्री र आसेपासे।”
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला