आखिर फरक के नै भयो र ?

ऊ दोस्रो श्रेणीमा उत्तीर्ण भयो । म पनि दोस्रो श्रेणीमा ।

उसले सरकारी नोकरी पायो । मैले नि पाएँ ।

दुई वर्षमै आलिसान घर बनायो ।  मरेर ओत लाग्ने ठाउँ बन्यो मेरो ।

ऊ रवाफमा हिँड्थ्यो । मलाई ऋणको भार थिच्थ्यो ।

आज

ऊ चार दीवारमा कैद छ । म वृद्धाश्रममा ।