उसको मनकाे शिरमाथि हिरा टल्किरहेको थियो । हिरा त मान्छे मनकाे शिरमा हुन्छ नै । तर ती हिराहरू कुनै नक्कली, कुनै धमिलो, कुनै नटल्किने, कुनै अति नै सानो, कुनै ठूलो, कुनै धेरै टल्किने हुने गर्छन् ।
मनको शिरको हिरा भनेको मान्छेको बहुमूल्य सम्पत्ति मान्छेको परम आस्तित्व हो ।
उसलाई आफ्नो हिरा टल्केकोमा अत्यन्त गर्व थियो । आफ्नो हिराप्रति सचेत र इमानदार पनि । हरतरहले कतै न कतैबाट आएको धुवाँबाट जोगाइरहेको थियो ।
उसको हिरा चम्केको देख्दा उसको एक जना मिल्ने साथीको मनमा ईर्ष्या र जलनको भावना जाग्यो । उसको टल्केको हिरा निभाउन, त्यसलाई भुइँमा झार्न साथीले प्रयन्त गर्यो । कहिले वचनको वचनको ढुङ्गा हानेर, कहिले अपमानको तीर चलाएर, कहिले कठोर र द्वेषपूर्ण वचनको लाञ्छना लगाएर, कहिले कुदृष्टि फ्याँकेर, कहिले कालो व्यवहार देखाएर उसको चम्केको हिराको अवमूल्यन गर्ने प्रयास गरिरह्यो ।
उसको साथीको कुनियत बुझ्यो र उसले सतर्क हुँदै सोच्यो – कथम्कदाचित उसको शिर निहुरे भने त उसको चम्केको हिरा धमिलो र मूल्यहीन हुँदै जमीनमा खस्नेछ । यस्तो भयो भने उसको बाँच्नुको कुनै मूल्य र अर्थ हुँदै ।
कुनै वादविवाद नगरी उसले आफ्नो साथीसँगको सम्बन्धको पर्खाल मौन रूपले भत्काएर आफ्नो हिरालाई बचाउँदै निजी र बेग्लै बाटो बनाएर स्वाभिमानको यात्रालाई अघि बढायो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ कार्तिक २०८२, शुक्रबार 










