मन त्यसै त्यसै पुलकित थियो।
बिहान सबेरै उठेँ। स्नानादि क्रिया सम्पन्न गरी बाहिर निस्किएँ।
पूर्व क्षितिजबाट धर्तीमा लालिमा छर्दै सूर्योदय हुँदै थियो।अरू दिन भन्दा फरक अनुभूति भइरहेको थियो।सायद नयाँ वर्षको नयाँ बिहानीले उमङ्गको बहार ल्याएको थियो।
नयाँ वर्षको शुभकामना साटौँ भनी गाउँ निस्किएँ।
“नयाँ वर्षको उपलक्ष्यमा तपाईँ र तपाईँको परिवारमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु।”,यस्तै शुभकामना दिँदै आफन्त,छरछिमेक,इष्टमित्रहरूका घरघरमा पुगेँ।
सबैले स्वागत गरे।शुभकामना आदान प्रदान भयो।नव वर्षको नव बिहानी हर्षोल्लासपूर्ण भइरहेको थियो।
घर फर्कन आँटेको थिएँ, सम्झेँ, ‘पर घरकी ती आमैकहाँ पनि पसेर शुभकामना दिउन्।आखिर उनको पनि को छ र? न पति, न छोराछोरी।बिचरा ! एकल जीवन गुजारिरहेकी छिन्।’
“आमै नमस्कार ! लौ नयाँ वर्षको शुभकामना छ है हजुरलाई।”, मैले प्रफुल्ल हुँदै भनेँ।
“के नयाँ वर्ष, के पुरानो वर्ष? यो दुःखको अजङको पहाड आफ्नो थाप्लोबाट कहिले हट्ने हैन। मलाई न अल्मल्याऊ बाबु। अहिले काममा ढिलो आई भन्दै मुखेनी कचकच गर्छिन्।” भन्दै उनी बाटो लागिन्।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
३० जेष्ठ २०८३, शनिबार 









