
रोचक घिमिरे
उमेरले ८५ वर्ष टेक्नु भएका साहित्यिक पत्रकारिताका शिखर व्यक्तित्व नगेन्द्रराज शर्माको नाममा २५ हजार रूपैयाँको नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार स्थापना गरिएकामा सो पुरस्कार अर्का वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेलाई प्रदान गरिएको छ ।
घिमिरेले २०१६ सालयता साहित्यिक पत्रकारिताको क्षेत्रमा विशिष्ट योगदान पुर्याउँदै आउनु भएको छ । घिमिरेले रचना द्वैमासिक साहित्यिक पत्रिका २०१८ सालदेखि प्रकाशन गर्दै आइरहनु भएको छ ।
नगेन्द्रराज शर्माको नाममा स्थापित पुरस्कार कोशका अध्यक्ष साहित्यकार पवन आलोक हुनुहुन्छ ।
हिजो आलोकको अध्यक्षतामा सम्पन्न समारोहमा वरिष्ठ साहित्यकारहरू शङ्कर भारती, रामप्रसाद पन्त, किशोर पहाडी, श्रीओमश्रेष्ठ रोदन, विजय चालिसे, देविका तिमल्सिना, विधान आचार्य लगायतले आआफ्नो मनतव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमको उद्घोषण साहित्यकार यादव भट्टराईले गर्नुभएको थियो । नगेन्द्रराज शर्माको जन्मदिनको अवसर पारेर सो पुरस्कार प्रदान गरिएको थियो ।
‘अभिव्यक्ति’ साहित्यिक द्वैमासिक पत्रिका नियमित प्रकाशन गर्दै आउनु भएका प्रधान सम्पादक शर्मा नेपाल साहित्यिक पत्रकार सङ्घका निवर्तमान अध्यक्ष समेत हुनुहुन्छ । उहाँले साहित्यिक पत्रकारिताका क्षेत्रमा २०२७ सालदेखि अभिव्यक्ति प्रकाशित गरी पुर्याएको अतुलनीय योगदानको कदर गर्दै शुभेच्छुक साहित्यकारको अगुवाइमा “नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार कोष”-२०७८ स्थापना भएको हो ।




यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२१ जेष्ठ २०८३, बिहीबार 









