निधारमा बसेका रेखा
मुजा परेको एउटा आकृती
सरकारी अस्पतालको
आइ सि यू कक्षबाहिरको
एउटा पुरानो बेन्चीमा ढल्कीएको देह
आशाको त्यान्द्रो लहराइरहेछ
राम्रो सुन्नका निम्ती
प्रतिक्षारत आँखाका नानिहरु ।

चारै कुनामा ठोक्कीरहेछन
मनैमनले प्राथना गरेर
एक मुठ्ठी
श्वासको भिक माग्दै
एककोहारिएको तन
अत्तालिन्थ्यो घरी घरी
पाकेर भतभती पोलिरहेको मन
ब्लक ब्लक बल्कीएको ललाट
तथापी उसको श्वास फर्किने आशा छ

हिजो जस्तै आफ्नै काखमा
लुटपुटिए हुन्थ्यो
बुढेशकालको साहारा बनिदिए हुन्थ्यो
मिठो आशामा तरंगीत भइरहेछ ।
तरंगित भइरहेछ ।