नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको कविता प्रतियोगितामा यस वर्ष भैरवी भूगोलको नेपालको गीत शीर्षकको कविताले प्रथम पुरस्कार हात पारेको छ । दोस्रो स्थान प्रज्वल अधिकारीको संकल्पले प्राप्त गरेको छ । तृतीय स्थान भने तीन वटा कविताले प्राप्त गरेका छन् । जसमा सोलुखुम्बुका गणेशप्रसाद खतिवडाको ‘आमाको आदेश’, दोलखाकी देवकी अभिलाषीको ‘आमा एक विश्वविद्यालय’ र तेह्रथुमकी रेजिना आपगाईँको ‘समृद्ध नेपालको सपना’ रहेका छन् ।

गत सोमबार दिउँसो नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा भएको वाचनपछि महोत्सवका विजेता कवि घोषणा गरिएको हो । विजेता कविहरूले क्रमश: ५० हजार रुपैयाँ, ४० हजार र ३० हजार रुपैयाँ, पदक र सम्मानपत्र प्राप्त गर्ने छन् । राष्ट्रपतिद्वारा सो पुरस्कार दिइने हुँदा समय मिलाएर एउटा बेग्लै समारोह आयोजना गरी सो पुरस्कार प्रदान गरिने बताइएको छ ।

प्रतियोगितामा पुरस्कृत कविता कस्ता छन् त ? किन गरियो उनको कवितालाई सर्वोत्कृष्ट घोषणा ? सबैको चासो रहेका कारण साहित्यपोस्टले पहिलो पटक मिडियामा ल्याएको छ ।