
काठमाडौँ । ‘रावासावा प्राज्ञिक समाज, नेपाल’ ले ‘रावासावा पुरस्कार तथा सम्मान-२०८२’ को घोषणा गरेको छ।
जुम मार्फत आयोजित पत्रकार सम्मेलनमा समाजले यस वर्षका पुरस्कार तथा सम्मान विजेताहरूको नाम सार्वजनिक गरेको हो।
समाजले बबिता बस्नेत, तेजबहादुर राई, देवराज कटुवाल र गंगा राई ‘कान्छी’ लाई प्रतिष्ठित ‘रावासावा सम्मान’ प्रदान गर्ने निर्णय गरेको छ। चार जना विशिष्ट व्यक्तित्वहरूलाई सम्मानपत्र र दोसल्ला सहित सम्मान गरिनेछ।
यसैगरी, कवि तथा गीतकार टीका चाम्लिङलाई ‘रावासावा कमलाभक्त कला पुरस्कार’ र हास्यकलाकार गोकुल परियारलाई ‘रावासावा कमलाभक्त साहित्य पुरस्कार’ प्रदान गरिने भएको छ। दुवै पुरस्कारको राशि जनही २५ हजार रुपैयाँ नगद र सम्मान रहेको छ ।
‘रावासावा प्राज्ञिक समाज’ ले खोटाङमा जन्मेर नेपाली साहित्य र कला क्षेत्रको उन्नयनमा योगदान पुर्याउनुभएको व्यक्तित्वहरूलाई सम्मान गर्दै आएको छ। पुरस्कार वितरण समारोहको मिति र स्थान भने पछि सार्वजनिक गरिने समाजले जनाएको छ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

