प्रसिद्ध गायक राजेशपायल राई र सङ्गीता रनपहेलीको दमदार आवाजमा गीतकार टीका चाम्लिङको मिठासपूर्ण शब्द रचना र राजेशपायल राईको सुमधुर सङ्गीत रहेको गीत ‘सुन न म तिमीलाई माया गर्छु’ सार्वजनिक भएको छ ।

उक्त गीतमा राजु कार्कीको सङ्गीत संयोजन रहेको छ भने गीतको अडियो किङ स्टुडियोमा स्वराङ्कन गरिएको हो ।

जस्केलो क्रियसनको प्रोडक्सन रहेको गीतको स्टुडियो भिडियो आदिम आवाज अनलाइन टिभीको अफिसियल च्यानल मार्फत् माझ सार्वजनिक भएको छ ।

नेपाली गीत–सङ्गीत आकाशमा बेग्लै रङ बोकेर आफ्नै क्षिजित उन्मुख गीतका शब्दहरू अत्यन्तै शालीन, प्रणयी र अर्थपूर्ण रहेका छन् भने शब्दलाई सुहाउने सङ्गीत र दमदार आवाज भिडियोको बलियो पक्ष भएर आएको छ । यसकारण यो भिडियो दर्शकको रूचिमा पर्न सफल हुने देखिन्छ ।

[embedyt] https://www.youtube.com/watch?v=r_zn5RRnDZE[/embedyt]