कोरिया, सउलमा कवि शकुन आँसुको एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । इतर अभियान दक्षिण कोरियाको आयोजित एकल कविता वाचन कार्यक्रममा आँसुले एक दर्जन बढी कविता र गजल वाचन गरिन् ।
आँसुले ‘प्रतिक्षा’, ‘दुखाई’, ‘पितृसत्ताको अनुहार’, ‘झरी’, ‘प्रेमको परिधी’, ‘सत्तामोह’, ‘जीवनको पाठशाला’, ‘अजम्बरी’, ‘ऊ गएको साँझ’ लगायतका शीर्षकका कविताहरू सुनाइन् ।
कार्यक्रममा आफ्नो कविता लेखनको सुरुवाती क्षण स्मरण गर्दै आँसुले अरुको कविताबाट प्रभावित भएर लेखेको कविताले अञ्चलव्यापी प्रतियोगितामा तेस्रो पुरस्कार पाएपछि विश्वास गर्न नसकी त्यसपछि प्रतियोगितामा भाग लिनै छोडिदिएको बताइन् ।
कवि आँसुको एकल वाचनमा आँसुको कविता ‘कलीयुगकी सुम्निमा’ कवि मात्रिहाङ नेम्वाङले वाचन गरेका थिए भने ‘शिशिर सम्झना’ कवि दीपा मेवाहाङ राईले वाचन गरेकी थिइन् ।
कवि आँसुका रचनाहरूमा देश प्रेम, आफ्नो माटो र आमा, आदीवासी सौन्दर्य, अधिकार, प्रेम, घृणा, बेथिति विरुद्ध आवाज, समाजको वास्तविक यथार्थ र आदर्शोन्मुख भावहरू प्रस्तुत भएका थिए ।
कवि आँसु रोजगारीको सिलसिलामा १ दशकदेखि कोरिया रहँदै आएकी छिन् । केही समयपछि नेपाल फर्किने योजनामा रहेकी उनले कोरियामा रहेर साहित्य सृजना गर्दै साहित्यको बिस्तारका लागि काम गरेको हुँदा आयोजक संस्थासहित कोरियामा रहेका संस्थाले सम्मान कार्यक्रमसमेत गरेका थिए ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।