यस वर्षकाे ‘पवन आलोक नियात्रा पुरस्कार’ नियात्राकृति ‘मिसर’लाई प्रदान गिरने भएकाे छ । नियात्रा समज नेपालले वर्ष ०७९ का लागि यो पुरस्कार इल्या भट्टराईको नियात्राकृति ‘मिसर’लाई प्रदान गर्ने निर्णय गरेकाे हाे ।

समाजका अध्यक्ष प्रतीक ढकालको संयोजनमा संस्थापक पवन आलोक र साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ को छनोट समितिको निर्णयअनुसार मिसलाइल्या भट्टराईको नियात्राकृति ‘मिसर’ लाई यो पुरस्कार प्रदान गरिएकाे हाे ।

नियात्राकार पवन आलोकको नाममा उहाँकी धर्मपत्नी रेखा कँडेलले स्थापना गर्नुभएको यस पुरस्कारको राशि सम्मानपत्रसहित २५ हजार रूपियाँ रहेको छ ।

पुरस्कार आगामी फागुन २ गते, श्रीपञ्चमीका दिन विशेष कार्यक्रमकाे आयोजना गरी  समर्पण गरिने समाजका अध्यक्ष प्रतीक ढकालले बताएका छन् ।

यसअघि यो पुरस्कारबाट नियात्राकार दामोदर पुडासैनी ‘किशोर’ र भीष्म उप्रेती सम्मानित भइसकेका छन् ।