नियात्रा समाज नेपालले “पवन आलोक नियात्रा पुरस्कार” २०७९ का लागि कृतिहरू दर्ता गर्न सूचना जारी गरेको छ । २ वर्षदेखि समर्पण गर्दै आएको समाजले नियात्रा विधाका कृतिहरूको आव्हान गरेको हो ।

समाजले वि.सं २०७९ सालभित्र प्रकाशित नियात्रा कृतिहरू २०८० भाद्र मसान्तसम्म पुरस्कारका लागि नियात्रा समाज नेपालमा उपलब्ध गराउन आव्हान गरेको छ । लेखक/प्रकाशकले ४ प्रति कृति बुझाउनु पर्ने नियम छ ।

२ वर्षअघि स्थापित यो पुरस्कार वि.स. २०७७ सालमा भीष्म उप्रेतीलाई “हिमाल, शेर्पा र यति” तथा वि.सं २०७८ मा दामोदर पुडासैनी किशोरलाई “ग्रीष्मको नीलो बतास” प्रदान गरिएको थियो ।

वर्षभरिमा छापिएका विशुद्ध नियात्रा कृतिहरुमध्ये सर्वोत्कृष्ट एक कृतिलाई पुरस्कृत गर्ने गरी पवन आलोक नियात्रा पुरस्कारको स्थापना रेखा कँडेलले गरेकी हुन् । तीन लाख पचास हजार रुपियाँको अक्षयकोष राखी त्यसैको ब्याजबाट आर्जित रकमबाट प्रत्येक वर्ष पच्चीस हजार रूपैयाँको नगद पुरस्कार र सम्मानपत्र पुरस्कृतका स्रष्टालाइ प्रदान गरिन्छ ।