२०७८ सालका लागि पवन आलोक नियात्रा पुरस्कारका लागि संक्षिप्त सूची प्रकाशित गरेको छ ।

सूचीमा निर्मोही व्यासको आवारा बादल, गीता खत्रीको उडेको आकाश डुलेको धर्ती, डा. दामोदर पुडासैनी किशोरको ग्रीष्मको नीलो बतास, भवानी खतिवडाको घामभन्दा पहिले, राजेन्द्रमान डङ्गोलको पैतालामा हिउँ, आँखामा हिमाल र नगेन्द्र न्यौपानेको बर्मा र थाइल्यान्डभित्र नेपाललाई सर्वोत्कृष्ट नियात्रा कृति छनोट गरिएको छ ।

यीमध्ये एउटा कृतिलाई आउँदो श्रीपञ्चमी (१२ माघ) का दिन विशेष समारोहका बीच २५ हजार रूपैयाँ नगद राशिसहित पुरस्कृत गरिने छ ।

निबन्ध समाज नेपालका अध्यक्ष प्रतीक ढकाल, नियात्रा मर्मज्ञ श्रीओम श्रेष्ठ रोदन तथा कोष संस्थापक पवन आलोक सम्मलित तीन सदस्यीय मूल्याङ्कन समितिले नियात्राकृति छनोट गरेको हो ।